
काठमाडौं, १५ वैशाख — चीनले आफ्नै देशमा बनाएको विमानवाहक युद्धपोतका कारण भारतीय सेनाको होश उडेको छ ।

पचास हजार टनको यो शक्तिशाली विमानवाहक अझै पूर्ण रूपमा तयार भइसकेको छैन । तयार भइसकेपछि भने यसले समुद्री क्षेत्रमा रहेर लामो दूरीसम्म मार हान्न सक्छ ।
यो देखेपछि भारत सतर्क भएको छ । चीनले हिन्द महासागर क्षेत्रमा आफ्नो जलसेनालाई बलियो बनाउन अनेकौं काम गरिरहँदा भारतको चिन्ता बढेको हो ।
सन् २०१३ को अन्त्यतिरदेखि नै चीनले हिन्द महासागरमा टाढासम्म मार हान्ने जलसेना शस्त्रहरू जम्मा गरिरहेको छ । यिनमा परमाणु शक्तिसम्पन्न तथा पारम्परिक हतियार दुवै छन् ।
एजेन्सी