०९ असार २०८३, मंगलबार

एउटै वडामा काेराेनाका ४० सङ्क्रमित

जेठ २२, २०७७
एउटै वडामा काेराेनाका  ४० सङ्क्रमित
प्रतिकार्यात्मक तस्वीर।

 बाँकेको जानकी गाउँपालिकाको एउटै वडामा ४०  कोरोना सङ्क्रमित भेटिएका छन्।

भेरी अस्पताल नेपालगञ्जको पिसिआर प्रयोगशालामा गरिएको परीक्षणमा भारतसँग सीमा जोडिएको जानकी-१ साइगाउँका ४० जनाको रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।

उनका अनुसार सङ्क्रमित सबै १५ देखि ३२ वर्षीय युवा  छन्। उनीहरु सबै भारतबाट फर्केर क्वारेन्टिनमा बस्दै आएका थिए  गाउँपालिकामा क्वारेन्टिनमा बस्दै आएका १ सय २० जनाको स्वाब परीक्षण गर्दा ४० जनामा सङ्क्रमण देखिएको हो। यसअघि सङ्क्रमित शून्य  थिए।  एउटै वडामा ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएपछि आइसोलेशन व्यवस्थापनमा समस्या भएको गाउँपालिका अध्यक्ष रामनिवास यादवले जानकारी दिए। 

बिहीबार नेपालगञ्ज १२ र १५ मा एकएक गरी दुई जना सङ्क्रमित थपिएका छन्। यससहित बाँकेमा सङ्क्रमितको  दुई सय ५५ पुगेका छन्।  

salt training

कमेन्ट गर्नुहोस्