ट्विटरमा एउटा बाँदर र गोमन सर्पबीचको भिडन्त अहिले चर्चामा छ ।
लगभग दुई मिनेटको भिडन्तको भिडियो भारतको वन विभागका अधिकारी सुशान्त नन्दाले बुधवार पोस्ट गरेका हुन् ।
भिडियोको क्याप्सनमा नन्दाले लेखेका छन्, ‘गोमन सर्पसँगको लडाइँमा बाँदर जितेको देखिन्छ । यो अद्वितीय घटना हो । बाँदरलाई सिक्री र खोरबाट मुक्त गर्नुस् । जंगल नै उनीहरूका लागि सही ठाउँ हो ।’
सिक्रीले बाँधिएको बाँदर गोमन सर्पनजिक आएको देखिन्छ । सर्पलाई भगाउन बाँदर घरिघरि उसनजिक पुग्छ । सप चाहिँ फणा उठाएर आक्रमण गर्न खोज्छ । तर बाँदरले सर्पलाई भगाउन सफल हुन्छ ।
Monkey fighting a king Cobra & coming out triumphant.
— Susanta Nanda IFS (@susantananda3) June 3, 2020
One of its kind🙏
( Free wild from chains & cages. Forest is their rightful place) pic.twitter.com/OiNoAJEnrQ