
नूनको प्रयोग खानाको स्वाद बढाउनका लागि गरिन्छ तर यसले शरीरलाई अरू फाइदा पनि गर्छ । नुहाउँदाखेरी पानीमा नून मिसाउँदा अनेकथरी रोगबाट छुटकारा पाइन्छ । आउनुस् जानौं साल्टवाटर बाथका फाइदाहरू ।

संक्रमण
गर्मीमा पसिना धेर चुहिएर शरीरमा संक्रमण र चिलाउने हुन्छ । यसले गर्दा छालामा अनेकथरी रोग लाग्छन् । यसबाट बच्नका लागि बिहान नुहाउँदा पानीमा नून मिसाउनुस् ।
मांसपेशीको पीडा
मांसपेशी कमजोर हुने मानिसलाई हड्डीहरूमा समस्या आउँछ । उनीहरूले नूनपानीले नुहाउनु ठीक हुन्छ । नूनले हड्डी सेक्छ जसका कारण जोर्नीको पीडाबाट राहत पाइन्छ ।
कीराले टोक्दा
लामखुट्टे वा विषालु कीराले टोक्दा शरीरमा एलर्जी हुन्छ र छालामा दाग देखिन्छ । यस्तो बेलामा नूनपानीमा नुहाउनुभयो भने विषको असर सकिन्छ ।
मानसिक तनाव
दिनभरि काम गर्दा मानसिक तनाव हुनसक्छ जसका कारण राम्रो निद्रा पनि लाग्दैन । त्यसैले सुत्नुअघि नूनपानीले नुहाउनुस् । यसअतिरिक्त यसले रोगप्रतिरोधात्मक क्षमता पनि बढाउँछ र अनेक बिमारी हटाउँछ ।
पञ्जाब केसरीबाट