१० असार २०८३, बुधबार

संवैधानिक इजलास पूर्ण, दुई न्यायाधीश नियुक्त

कात्तिक २०, २०७४
संवैधानिक इजलास पूर्ण, दुई न्यायाधीश नियुक्त
काठमाडौं, १४ बैशाख– एक वर्षपछि न्याय परिषद्ले संवैधानिक इजलासलाई पूर्णता दिन न्यायाधीशको सिफारिस गरेको छ ।

बिहीबार बसेको न्यायपरिषद्को बैठकले रिक्त रहेको दुई न्यायाधीशमा दिपकराज जोशी र देबेन्द्र गोपाल श्रेष्ठलाई सिफारिस गरेपछि संवैधानिक इजलासले पूर्णता पाएको छ ।

संविधान निर्माणपछि देखिएका विवाद निरुपण गर्न संविधानले नै संवैधानिक इजलासको परिकल्पना गरेको थियो । तर, लामो समय न्यायाधीश नतोकिंदा संविधानसँग सम्बन्धित कतिपय बिषय अल्झिएका थिए ।

यसअघि पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश बैद्यनाथ उपाध्यायको अवकासपछि इजलास गठन हुन सकेको थिएन ।
संवैधानिक इजलासमा न्यायपरिषद्को सिफारिसमा प्रधानन्यायाधीश बाहेक ४ जना न्यायाधीश रहने व्यवस्था छ । यसअघि प्रधानन्यायाधीशसहित वरिष्ठ न्यायाधीशहरु सम्मिलित इजलास गठन भएको थियो । जसमा प्रधानन्यायाधीश सुशीला कार्की न्यायाधीहरु गोपाल पराजुली, चोलेन्द्र सम्शेर जबरा र ओमप्रकाश मिश्र थिए ।

परिषद्ले आज वरिष्ठ मध्यबाटै क्रमश दुई जना न्यायाधीश सिफारिस भएपछि अब संवैधानिक इजलासले पूर्णता पाएको हो । संवैधानिक इजलासको क्षेत्राधिकारमा अहिले १ सय ८० वटा मुद्धा छन् । समयमै संवैधानिक इजलास गठन नहुँदा संवैधानिक इजलासको क्षेत्राधिकारका मुद्धा समेत डिभिजन बेञ्चबाट सुनुवाई हुन थालेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्