११ असार २०८३, बिहीबार

सुदूरपश्चिममा पीसीआर मशिन पठाउन नेता साउँदको पहल, स्वास्थ्यमन्त्रीलाई भेटेरै दिए दबाब

सुदूरपश्चिममा पीसीआर मशिन पठाउन नेता साउँदको पहल, स्वास्थ्यमन्त्रीलाई भेटेरै दिए दबाब

पर्याप्त पीसीआर मशिन नहुँदा सुदूरपश्चिममा कोरोना भाइरस संक्रमण परीक्षण रोकिएपछि पूर्वमन्त्री तथा कांग्रेस नेता एनपी साउँदले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसँग भेट गरेका छन् ।

भेटमा नेता साउँदले कञ्चनपुरको महेन्द्रनगर, डडेल्धुरा र अछामको विनायकमा पीसीआर मशिन पठाएर तत्काल परीक्षणको व्यवस्था मिलाउन दबाब दिएका छन् ।

सुदूरपश्चिमको धनगढीमा मात्रै रहेको एउटा पीसीआर मशिनको क्षमताले नभ्याएपछि संकलन गरिएका स्वाब थन्किने अवस्था आएको छ । सुदूरपश्चिमका कतिपय क्वारेन्टाइनमा बसेका व्यक्तिको मृत्यु हुँदा समेत कोरोना परीक्षण विस्तार हुन सकेको छैन । आइतवार बिहान स्वास्थ्यमन्त्री ढकालसँग नेता साउँदले स्थगित गरिएको स्वाब नमूना संकलनको काम तत्काल शुरू गर्न माग गरे ।

सुदूरपश्चिममा ६० हजारभन्दा बढी व्यक्ति भारतबाट भित्रिएका क्वारेन्टाइनमा रहेकाले जुनसुकै बेला पनि भयावह अवस्था सिर्जना हुनसक्ने सम्भावनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । पीसीआर मशिनसँगै पर्याप्त जनशक्ति समेत सुदूरपश्चिममा पठाउन नेता साउँदले माग गरेका छन् ।

यसअघि सुदूरपश्चिमको स्वास्थ्य निर्देशनालयले संकलित नमूनाको परीक्षण गर्न बाँकी रहेको कारण गत शुक्रवारदेखि ५ दिनका लागि स्वाब संकलन स्थगित गर्न निर्देशन दिएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्