०६ असार २०८३, शनिबार

चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति

कात्तिक २०, २०७४
चुनावमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
काठमाडौं, १४ बैशाख– राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानीय तहको निर्वाचनमा नेपाली सेना परिचालन गर्न स्विकृति प्रदान गरेकी छिन् । 

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न सरकारको सिफारिसमा नेपाली सेना परिचालन गर्न स्विकृति प्रदान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता प्रल्हाद प्रसाद पुडासैनीले एक विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचन सुरक्षा योजना, २०७३ मा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि राष्ट्रिय सुरक्षा परिषद्को मिति २०७३ र१२र९ को निर्णय, मन्त्रिपरिषद्को मिति २०७३र१२र२९ को निर्णय तथा  प्रधानमन्त्रीको मिति २०७३र१२र२९ को पत्रमा उल्लिखित सिफारिस बमोजिम २०७४ साल बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम स्वीकृति प्रदान गरिएको बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्