
बेलायतमा रहेकी हरनाम कौरको नाम दाह्री भएका सबैभन्दा कम उमेरकी महिलाको रुपमा गिनिज बुक अफ वल्र्ड रिकर्डमा दर्ता भएको छ ।
जब हरनाम कौर १६ सालकी थिइन् तव उनलाई पोलिसिस्टिक सिन्ड्रोम भयो जसका कारण रौंको विकास हुन थाल्यो ।
शरीर तथा अनुहारमा आएको रौंका कारण आफ्नो स्कूलमा उनी दूव्र्यवहारको शिकार बन्थिन् ।
तर उनी पछिल्लो समय शरीरका लागि सकारात्मकताको सन्देश फैलाउने काम गरिरहेकी छिन् ।
पुरुषहरुले दाह्रीलाई पुरुषत्वको रुपमा लिने गरेपनि कौरलाई आफ्नो दाह्रीले दिएको पहिचाने हर्षित र गौरवान्वित बनाएको छ ।