१० असार २०८३, बुधबार

सरकार दुइतिहाइ नजिक, विपक्षी गठबन्धनका तीन सांसदले संशोधनको पक्षमा भोट हाल्ने !

कात्तिक २०, २०७४
सरकार दुइतिहाइ नजिक, विपक्षी गठबन्धनका तीन सांसदले संशोधनको पक्षमा भोट हाल्ने !

काठमाडौं, १४ वैशाख — मधेश केन्द्रीत दल र संघीय गठबन्धनको माग पूरा गर्न सरकार संविधान संशोधन विधेयक पारित गर्ने तयारीमा जुटेको छ । संसद नियमावलीका केही धारा निलम्बन गरी आइतवार नै संशोधन पारित गर्ने सरकारको तयारी छ ।

संशोधन पारित गर्न सरकारले विपक्षी गठबन्धनमा रहेका केही सांसदलाई पक्षमा भोट हाल्न मनाएको उच्च स्रोतको दावी छ । स्रोतका अनुसार नेपाल परिवार दलका दुइ सांसद, बहुजन पार्टीका विश्वेन्द्र पासवान र मधेस समता पार्टीका मेघराज निषाधका तीन जनाले संशोधनको पक्षमा मतदान गर्ने भएका छन् । तीनै जना केपी ओली सरकारमा मन्त्री थिए ।

परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई अब बन्ने सरकारमा मन्त्री बनाउने सत्तारुढ दलले आश्वासन दिएका छन् । ‘संशोधनको पक्षमा ३ सय ९४ सांसदको समर्थन जुटने पक्का भएको छ’ प्रधानमन्त्री निकट स्रोतले लोकान्तरसँग भन्यो ।

संसदमा हाल ५ सय ९३ सांसद कायम रहेपनि सद्भावना पार्टीका सञ्जय साह निलम्बनमा रहेका कारण ५ सय ९२ जनाले मात्र मतदान गर्न सक्ने संसद सचिवालयका एक अधिकारीले बताए । संविधान संशोधनका लागि ५ सय ९३ को दुइतिहाई अर्थात ३ सय ९५ सांसदको आवश्यकता पर्छ ।

संसदमा नेपाली कांग्रेसका २ सय ६, माओवादी केन्द्रका ८२, राप्रपाका ३७, राष्ट्रिय जनता पार्टीका २३, संघीय समाजवादी फोरमका १५, फोरम लोकतान्त्रिकका १७ सांसद छन् । नयाँ शक्ति पार्टीमा रहेका दुइ सांसदले पनि पक्षमा भोट हाल्ने तयारी गरेका छन् ।

प्रतिपक्षमा रहेका दलहरूमध्ये संसदमा नेकपा एमालेका १ सय ८१, नेकपा मालेका ५, नेमकिपाका ४, राजमोका ३ छन् । संविधान संशोधन पारित गराउने बिषयलाई लिएर प्रधानमन्त्री प्रचण्डले बिहीवार साना दलका संसदहरुसँग परामर्श गरेका थिए

salt training

कमेन्ट गर्नुहोस्