१२ असार २०८३, शुक्रबार

गण्डकी प्रदेशमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु, मुलुकभर मृत्यु हुनेको संख्या १४ पुग्यो

गण्डकी प्रदेशमा पहिलो पटक कोरोना संक्रमितको मृत्यु, मुलुकभर मृत्यु हुनेको संख्या १४ पुग्यो

गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसेलेसनमा रहेका स्याङ्जाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएसँगै आइसोलेसनमा रहेका उनको मृत्यु भएको सोमवार गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले एक विज्ञप्ति सार्वजनिक गर्दै जानकारी दिए । 

 यससँगै मुलुकभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।  गण्डकी प्रदेशमा भने पहिलो पटक कोरोना संक्रमितको मृत्यु भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्