प्रहरी ज्यादतीका कारण काला जातिका पुरुष जर्ज फ्लोयडको मृत्यु भएको घटनाको विरोध गर्दै अमेरिकामा भइरहेको प्रदर्शनका क्रममा एकजना कारचालकले प्रदर्शनकारीहरूमाथि कार चलाएका छन् ।
सियाटलमा कारचालकले प्रहरी ब्यारिकेडलाई भत्काउँदै गोली चलाए । त्यसमा एक व्यक्ति घाइते भएको बताइएको छ । कारबाट निस्केर ती व्यक्तिले बन्दूक उठाउँदै भीडमा पसेको र मानिसहरू चिच्याएको भिडियो देखिन्छ ।
गोली चलेको केही समयपछि प्रहरीले कारचालकलाई नियन्त्रणमा लिएको बताइएको छ ।
गोली लागेका व्यक्तिको अवस्था स्थिर रहेको बताइएको छ ।
जर्ज फ्लोयड हत्याको विरोधपछि अमेरिकाका विभिन्न शहरमा विरोध प्रदर्शन र दंगा भइरहेका छन् । कम्तीमा २३ राज्यमा कानून व्यवस्था कायम गर्न नेसनल गार्ड तैनाथ गरिएको छ ।
BREAKING: A man drives a car into a crowd of protesters in Seattle, before exiting the vehicle with a gun. At least one person was shot, others injured.
Shooting victim stable; Suspect arrested.pic.twitter.com/ahKFNelVTe— Alex Salvi (@alexsalvinews) June 8, 2020