१८ असार २०८३, बिहीबार

प्रदेश वन विधेयक समितिमा

जेठ २६, २०७७
प्रदेश वन विधेयक समितिमा
फाइल फोटो।

प्रदेशसभाको बैठकमा ‘प्रदेश वनको व्यवस्था गर्नका लागि बनेको विधेयक दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले आज पारित भएको छ।

प्रदेश नं १ को प्रदेशसभा नियमावली बमोजिम उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदीशप्रसाद कुसियतले सो प्रस्ताव सदनमा पेश गरेका थिए।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ को लागि प्रदेशसभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलले पनि निरन्तरता पाएको छ। छलफलमा प्रदेशसभा सदस्यहरुले कार्यक्रम राम्रो भए पनि यसको कार्यान्वयन पक्षमा सरकारले ध्यान दिनुपर्ने बताए। उनीहरुले कोरोना रोकथाम, उपचार एवं नियन्त्रणका लागि उच्च प्राथमिकता राख्नु सकारात्मक कुरा रहेकाे बताए। सडक, पुल, खानेपानी, शिक्षा र स्वास्थ्य जस्ता महत्वपूर्ण विषयमा नीति तथा कार्यक्रमले स्पष्ट दृष्टिकोण दिएको पाइएकोले अधिकांश सदस्यहरुले त्यसको समर्थन गरे। जनता र जनप्रतिनिधिबाट छनौट भएका योजना नीति तथा कार्यक्रममा समावेश भएको भए अझै राम्रो हुने तर्क उनीहरुले बताए।

नीति तथा कार्यक्रमले कृषि क्षेत्रलाई बढावा दिन ल्याएको राहत प्याकेजले कृषकहरु उत्साहित हुने र उत्पादन बढ्ने धारणा राख्दै अघिल्लो आर्थिक वर्षमा राखिएका कतिपय विषय आगामी आर्थिक वर्षका लागि तयार गरिएको नीति तथा कार्यक्रममा छुट्न गएकोले समावेश गर्न उनीहरुले माग गरे।

नीति तथा कार्यक्रमा सदस्य अम्बिका थापा, उत्तमकुमार बस्नेत, उषाकला राई, कुलप्रसाद साम्बा, कुसुम श्रेष्ठ, केदार कार्की, खिनु लाम्बा लिम्बु, ज्ञानेश्वर राजवंशी, तुलसीप्रसाद न्यौपाने, निरन राई, बलबहादुर साम्सुहाङ, विष्णु तुम्बाहाम्फे, मोहम्मद ताहिर मियाँ, राजन राई, राजेन्द्रकुमार राई, रामकुमार राई, शान्ता पौडेल, सावित्रा रेग्मी, लछुमण तिवारी, लीलाबल्लभ अधिकारी, लीला सुब्बा, श्रीप्रसाद मैनाली, सरिता थापाले आआफनो धारणा राखेका थिए।

  प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ः३० बजे बस्ने छ । 

salt training

कमेन्ट गर्नुहोस्