चैत १०, २०७९
काठमाडौं । तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहसिहत प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई श...
काठमाडाैं | जेठ २८, २०७७
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता बलियो रहेको दाबी गर्दै कुनै डाक्टर वैज्ञानिक या शोधकर्ताबाट चुनौती आएमा मात्र स्वीकार्ने बताएका छन् ।
नयाँ शैली भनेर पिज्जातर्फ कुद्नुभन्दा ढिंडो र साग नै सही रहेको उनले बताए ।
बुधवार प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका सांसद गगन थापाले ‘नेपालीको प्रतिरोधी क्षमता राम्रो छ भनेर कसले भन्यो ?’ भन्ने प्रश्न गरेपछि जवाफमा ओलीले स्वतःसिद्ध प्रमाणित भएको विषय भएको बताए ।
‘एकजना माननीय सदस्यले नेपालीको रोग प्रतिरोधी क्षमता राम्रो छ भनेर कसले भन्यो भनेर सोध्नुभयो ? भर्खरै सुन्नुभयो नि ! मैले भनेको, मैले भनेको हो । नेपालीको प्रतिरोधी क्षमाता राम्रो छ भन्ने कुराको चुनौती कुनै डाक्टर, वैज्ञानिक, शोधकर्ताबाट आयो भने मैले स्वीकारौंला,’ ओलीले भने ‘नेपालीको प्रतिरोधी क्षमता राम्रो हुनुमा आधा नेपाली हिमाली पहाडी भेगतिर उकाली ओराली गरेका छन्, स्टामिना बलियो छ । तराईमा बस्नेले पनि हिमालबाट ठोक्किएर आएको हावा खाएका छन् । मरुभूमिबाट तातोहावा आयो भने हिमाल नजिकै पुग्दा कायल भइसक्छ, हिमालसँग ठोक्किएर फर्किएको हावामा सास फेरेका छन् । यो देश, झार उम्रियो भने यार्सागुम्बा भएर निस्कने देश, ढुंगाबाट शिलाजित झर्ने यो देश औषधिको देश हो, यस देशको पानी हिमालमाथि बसेर पग्लिएर अनेकन मिनरल तत्वसँग रसाएर निस्केको पानी हो । त्यसकारण यो उकाली ओराली गर्ने शारीकि श्रम गर्नेको स्वभाविक कुरा हो । योगाको ट्रेडिसन छ, यस देशमा । जहाँ योगा पैदा भयो, इम्युन सिस्टम तगडा छ भन्न्ने कुरा स्पष्ट सिद्ध छ ।’
ओलीले नेपालीहरूको भान्सामा औषधीय तत्वहरू प्रयोग भइरहेको भन्दै नयाँको नाममा पिज्जा संस्कृतिमा जान नहुने बताए ।
‘हाम्रो भान्सामा पाउरोटीमा बटर दलेर खाने होइन, दालचामल, मकै, भटमास हुन्छन्, बेसार अनिवार्य हुन्छ, नुन, जिरा धनिया लसुन अदुवा अनिवार्य हुन्छ । यी सबै औषधी हुन् । हरेक दिन औषधी खाएको नेपालीको प्रतिरोध क्षमता माथि हुन्छ भन्ने कुरा स्वतः सिद्ध छ । अवश्य राम्रो छ, यसलाई हाम्रा परम्परागत तरिका, भान्साको तरिकामा कायम रहनुपर्छ, नयाँ शैली भनेर पिज्जातर्फ कुद्नुभन्दा ढिंडो र साग नै सही छ,’ ओलीले भने ।
काठमाडौं । तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंहसिहत प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई श...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेकपा एमालेको नेतृत्व रहेका प्रदेश सरकारहरु धरापमा परेका छन् । ...
काठमाडौं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहावको सार्वजनिक क्षेत्रमा बनेका अनधिकृत संरचना ७ दिनभित्र हटाउन आह्वान गरेको छ । शनिवार पत्रिका सूचना प्रकाशित गर्दै महानगरपालिकाले नदी कोरिडोरको सार्...
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) धीरजप्रताप सिंहसहितका नौ जना प्रहरी अधिकृतहरु अनिवार्य अवकाशमा गएका छन् । गत वैशाख १८ मा महानिरीक्षक पदमा पदोन्नति भएका सिंहले झण्डै एक वर्ष महानिरीक्ष...
नेपालमा जनसंख्याको वृद्धिदर लगातार ३० वर्षदेखि घट्न थालेको छ । तथ्यांक विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार नेपालको जनसंख्या २०६८ को तुलनामा २०७८ मा २६ लाख ७० हजार ७४ जनाले बढेको देखिएपनि वृद्धिदर ...
नेपालमा २ करोड नेपाली लेखपढ गर्न जान्ने छन् । केन्द्रीय तथ्यांक विभागका अनुसार नेपालको साक्षरता दर बढी हुनेमा काठमाडौं पहिलो नम्बरमा छ भने सबैभन्दा कम रौतहटमा छ । राष्ट्रिय जनगणनामा ५ वर्ष वा सोभन्द...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...