११ असार २०८३, बिहीबार

जर्मनीको संसद्ले बुर्कामाथि आंशिक प्रतिबन्ध लगाउने

कात्तिक २०, २०७४
जर्मनीको संसद्ले बुर्कामाथि आंशिक प्रतिबन्ध लगाउने

काठमाडौं, १५ वैशाख — जर्मनीको संसद्को तल्लो सदनका सदस्यले मुसलमानी बुर्कामाथि आंशिक प्रतिबन्ध लगाउने कानून पारित गरेका छन् ।


यो विधेयक अब माथिल्लो सदनमा पेश हुनेछ । कानून लागू भएपछि सरकारी कर्मचारी, न्यायाधीश र सैनिकहरूले कार्यालयमा बुर्का लगाउन पाउने छैनन् ।

दक्षिणपन्थी दलहरूले सार्वजनिक स्थानमा बुर्कामाथि पूर्ण प्रतिबन्ध लगाउनुपर्ने माग गरेका छन् ।

दश लाखभन्दा बढी आप्रवासीहरू विगत १८ महिनादेखि जर्मनीमा छन् ।

जर्मनीमा हालैका दिनमा लगातार जिहादी आक्रमणहरू बढेपछि यस्तो प्रतिबन्ध लगाइएको हो ।

छिमेकी मुलुक फ्रान्सले सार्वजनिक स्थानमा बुर्का लगाउन पूर्ण प्रतिबन्ध गरेको छ र दक्षिणपन्थीहरू जर्मनीमा पनि यस्तै होस् भन्छन् ।

गत डिसेम्बरमा चान्सलर अंगेला मर्कलले कानूनी रूपमा सम्भव भएसम्म अनुहार छोपिने बुर्कामाथि प्रतिबन्ध लगाउनुपर्ने बताएकी थिइन् । बुर्का जर्मनीका लागि उपयुक्त नभएको उनले बताइन् ।

आलोचकहरूले भने सानो संख्यामा रहेका मुसलमानहरूमाथि प्रतिबन्ध लगाउनुको व्यावहारिक प्रभाव नपर्ने बताएका छन् ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्