१० असार २०८३, बुधबार

कटप्पाले बाहुबलीलाई किन मारेका रहेछन् ? खुल्यो रहस्य !

कात्तिक २०, २०७४
कटप्पाले बाहुबलीलाई किन मारेका रहेछन् ? खुल्यो रहस्य !

काठमाडौं, १५ वैशाख — यो समाचार पढेपछि फिल्म हेर्न मन नलाग्ला तपाईंलाई, भो नपढ्नुस् । तर रहस्य थाहा पाएपनि फिल्म हेर्छु भन्नुहुन्छ भने चाहिँ पढ्नुस् ।


बाहुबली २ आज रिलिज भयो । सुपरडुपर हिट भइसक्यो यो फिल्म । पहिलो भाग आएको २२ महिनापछि दर्शकले यो प्रश्नको पनि जवाफ पाएका छन् : कटप्पाले बाहुबलीलाई किन मारे ?

यसको उत्तर हो – रानी शिवगामीले भनेका कारण कटप्पाले यसो गरेका हुन् ।

यसको पूरा व्याख्याका लागि त फिल्म नै हेर्नुपर्ने हुन्छ ।

दैनिक भास्कर पत्रिकाले फिल्मका निर्माता शोबु यरलागड्डा, निर्देशक एसएस राजामौली, कथाकार विजयेन्द्र प्रसाद र अन्य सदस्यसँग कुरा गरेको छ ।

बाहुबलीको शुरुवाती स्क्रिप्टमा कटप्पाले बाहुबलीलाई मार्ने कुनै प्लान थिएन । त्यो अन्तिमको सिनको ठाउँमा अर्कै कुरा थियो ।

कथाकार विजयेन्द्र भन्छन्, ‘शुरुमा हामीले कटप्पा र बाहुबलीको यो नाटकीय सिनलाइृ कहानीमा हालेका थिएनौं । तर फिल्मको क्रुले अलिकति नाटकीयता जोड्नुपर्छ भनेपछि यो दृश्य समावेश गरेका हौं ।’

‘नाटकीयताको डिमान्ड नभएको भए शायद प्रश्न भाइरल हुने थिएन । अहिले त फिल्मको ज्यान नै यही हो,’ उनले थपे ।

फिल्मका एक क्रुमेम्बरले नाम नखुलाउने शर्तमा भने, ‘कटप्पाले बाहुबलीलाई मारेको सिन शूटिङ गर्नलाई निर्माता निर्देशकले गोप्यता अपनाएका थिए । शूटिङका बेलामा केही सूचना लिक पनि भएका थिए । त्यसैले करीब १५० क्रु सदस्यहरूलाई गोपनीयताको शपथ नै दिलाइएको थियो ।’

फिल्मको प्राविधिक टोलीका एक सदस्यले भने, ‘फिक्सन फिल्म पनि रियल लाइफ जस्तो फील गर्न सकियोस् भनेर हामीले स्पेसल भीआर सुपर कम्प्युटर क्यामरा बनायौं र त्यसैबाट पूरा फिल्म शूटिङ ग–यौं ।

salt training

कमेन्ट गर्नुहोस्