१० असार २०८३, बुधबार

भीम रावलले संसदमा सुनाए कविता : ‘चुलिन्छ हाम्रो उचाइ कहाँ हिमालै नरहे ... ’

भीम रावलले संसदमा सुनाए कविता : ‘चुलिन्छ हाम्रो उचाइ कहाँ हिमालै नरहे ... ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता भीम रावलले अन्तर्राष्ट्रिय कानून अनुसार नेपाल–भारत सीमा नियमन गर्नुपर्ने बेला आएको बताएका छन् ।

कोरोनाका कारण अहिले सीमा नियमन गर्ने उपयुक्त समय आएको उनले बताए ।

संविधानको दोस्रो संशोधन विधेयक २०७७ माथि शनिवार प्रतिनिधि सभामा भएको दफावार छलफलमा भाग लिँदै रावलले आफू गृहमन्त्री रहेको समयमा यो प्रस्ताव गरेपनि भारतीय पक्ष सहमत नभएको बताए ।

रावलले छलफलका क्रममा राष्ट्रकवि माधव घिमिरेको कविता सुनाए –

चुलिन्छ हाम्रो उचाइ कहाँ हिमालै नरहे
रहौंला हामी नेपाली कहाँ नेपालै नरहे 

salt training

कमेन्ट गर्नुहोस्