१८ असार २०८३, बिहीबार

यसरी जल्यो एउटा सुन्दर नगर

कात्तिक २०, २०७४
यसरी जल्यो एउटा सुन्दर नगर
टोक्यो, ७ पुस - कडा हावा,हुरीका कारण फैलिएको आगोका बिशाल लप्काले जापानको सामुन्द्रिक तटवर्ती एक सानो नगरमा कम्तीमा १४० भवनहरु जलाएको छ ।WireAP_7ccf82e67f59444da6424b59c22fd15b_16x9_1600
जापानको निगाता जिल्लाको इतोइगावा उपनगरको स्थानीय एक रेस्टुराँबाट बिहीबार बिहान सल्केको आगो कडा आँधी बेहरीको चपेटामा परेपछि उग्ररुप लिएर बिशाल लप्कामा परिणत भै मध्य दिउँसोसम्म इतोइगावाका कम्तीमा १४० वटा आवासीय र अन्य ठूला भवन जल्न पुगेका छन् ।

स्थानीय जापानी सञ्चारमाध्यमका अनुसार ठूलो परिमाणमा भौतिक सम्पत्ति जलेर नष्ट भए ता पनि दुईजनालाई सामान्य चोट पटक लागेको बाहेक अन्य मानवीय क्षति भएको छैन ।
आगलागी अन्यत्र पनि फैलिने सम्भावनालाई ध्यानमा राख्दै स्थानीय अधिकारीहरुले वरपरका दुईसय त्रिहत्तर भवन तत्कालै खाली गरी मानिसहरु बाहिर निस्कन सूचना जारी गरेका छन् ।
इतोइगावा उपनगर राजधानी टोक्योबाट दुईसय साठ्ठी किलोमिटर उत्तर–पश्चिममा पर्छ ।

salt training

कमेन्ट गर्नुहोस्