
सोमबारदेखि मोटरसाइकल (स्कुटर र मोपेडसहित) दुई पांग्रे सवारीसाधनमा पनि जोरबिजोर प्रणाली लागू हुने भएको छ।
यसअघि चारपांग्रे निजी सवारी साधनमा जोरविजोर प्रणाली लागू भएपनि २ पांग्रेसको हकमा अन्यौल थियो।
मन्त्रिपरिषद्को निर्णयलाई थप स्पष्ट पार्दै मोटरसाइकलमा पनि जोरबिजोर प्रणाली लागू गर्न मातहतका निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए।
उपत्यकाको तीन जिल्ला काठमाडौँ, भक्तपुर र ललितपुरलाई एक जिल्ला मानी जोर विजोर प्रणाली लागू गरिएको छ। यसबाहेक एक जिल्लाबाट अर्को जिल्लामा जान भने निषेध गरिएको छ।
सरकारले गत बुधबार लकडाउन खुकुलाे बनाउँदै निजी सवारीसाधनमा जाेरविजाेर प्रणाली लागू गरेकाे थियाे भने पसल सञ्चालन गर्न भनेकाे थियाे। यद्यपि सार्वजनिक यातायात अझै ठप्प छ।