२५ जेठ २०८३, सोमबार

क्रुर शासक सद्दाम जसले आफ्नो २६ लिटर रगतले लेखाएका थिए कुरान

कात्तिक २०, २०७४
क्रुर शासक सद्दाम जसले आफ्नो २६ लिटर रगतले लेखाएका थिए कुरान


सद्दाम हुसेनलाई ठूला ठूला महल बनाउने तथा ठूला ठूला मस्जिद बनाउने शोख थियो । यसै क्रममा उनले मध्य बगदादमा मस्जिद बनाएका थिए जसको नाम उनले अल मारीक दिएका थिए ।

यसलाई खास रुपमा २००१ मा सद्दाम हुसेनले वार्षिक उत्सवको लागि बनाएका थिए । यो खास रुपमा स्कड मिसाइलको जस्तो थियो । यो त्यही मिसाइल हो जसलाई हुसेनलले खाडी युद्धका क्रममा इजरायलमा हानेका थिए ।

‘अप्रेशन डेजर्ट स्टार्म’ जो ४३ दिनसम्म चलेको थियो जसको याद दिलाउनका लागि यो मस्जिदको उचाइ ४३ मिटर बनाइएको थियो ।



सद्दाम हुसेनको जीवनी लेख्नेवाला कन कफलिन लेख्छन्,‘सद्दामले बनाएको एक मस्जिदमा सद्दामको रगतले लेखिएको एक कुरान राखिएको छ ।’

यसको सबै ६०५ पन्नको मानिसलाई देखाउनका लागि एक शीशाको बाकसमा राखिएको थियो । मस्जिदका धर्मगुरुका अनुसार यसका लागि सद्दामले केही सालसम्म आफ्नो २६ लिटर रगत दिएका थिए ।

सद्दामका बारेमा लेखिएको एक अर्को पुस्तक सद्दाम हुसेन द पोलिटिक्स अफ रेवें का लेखक सैद अबूरिशका अनुसार सद्दामले ठूल ठूला भवन तथा मस्जिद बनाउनाको कारण उनले टिकरितमा विताएको आफ्नो बचपना थियो । जतिवेला उनको परिवारसँग एक जुत्तासम्म किन्ने पैसा थिएन ।

इराक जस्तो मरुभूमी भएको देशमा पहिलो पटक पानी तथा शक्तिको रुपमा रहेका थिए ।

उनी स्विमिङ पुलका सोखिन थिए । पानीको तापक्रमलाई विशेष ध्यान दिइएको हुन्थ्यो भने स्विमिङ पुलको पानीको बेलाबेलामा जाँच गरिन्थ्यो, न पानीमा विष मिसाइएको छ कि भन्दै ।


उनले कयौं शत्रुलाई थेलियम नामक विषको प्रयोग गरेमा मारेका थिए । र, उनलाई आफूलाई पनि विष खुवाएर मारिने डर थियो । जसका कारण उनी बगदादको महलमा ल्याइने मासूको परिक्षण गरिने गरिएको थियो ।


सद्दामका २० वटाजति महल थिए । जसमा हरेक दिन तीन समय खाना पाक्थ्यो चाहे त्यहा सद्दाम हुन् या नहुन् ।
सद्दामको कमजोरी थियो कि उनी सधै राम्रो देखिने प्रयास गर्थे जसका कारण उनले सैनिकवाला लूगा छाडेर सुट लगाउन थालेका थिए ।

सद्दाम हुसेन आफ्नो कपालमा जेल लगाउँथे । उनी मानिसहरुको अगाडि कहिल्यै पढ्नका लागि लगाइने चस्माको प्रयोग गर्दैनथे । बरु उनका भाषणका कपिमा ठूला ठूला अक्षरमा लेखिएको हुन्थ्यो । उनका भाषण एक पन्नामा दुई या तीन लाइन मात्र लेखिएको हुन्थ्यो ।

एक दिन मन्त्रिपरिषद्को बैठकमा सद्दाम मन्त्रिमण्डलका एक मन्त्रीले घडी हेरेको उनले देखे । बैठक सकिएपछि ती मन्त्रीलाई बोलाए र के तिमीलाई हतार छ ? भन्दै सोधे । मन्त्रीले त्यस्तो त होइन तर... भने । त्यसपछि सद्दामले उनलाई थुन्न आदेश दिए । उनलाई तीन दिनसम्म थुनिएपछि छाडियो तर उनको मन्त्री पद भने गयो ।

salt training

कमेन्ट गर्नुहोस्