१० असार २०८३, बुधबार

रुकुम घटनामा मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारको एक लाख राहत

असार २, २०७७
रुकुम घटनामा मृत्यु भएकाको परिवारलाई प्रदेश सरकारको एक लाख राहत

कर्णाली प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक बजेटमा कर्णालीमा अत्यन्तै जोखिम रहेको सडक दुर्घटनालाई विशेष रुपमा सम्बोधन गरेको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताएका छन् ।

मंगलवार बजेटबारे पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्री ज्वालाले कर्णालीमा सडक दुर्घटना भएको खण्डमा घाइतेहरुलाई हवाई मार्गबाट वा सडकमार्गबाट भएपनि उद्धार गर्ने बजेट ल्याएको बताए ।

‘कर्णालीमा सडक दुर्घटनामा पर्ने नागरिकको उद्धारका लागि आवश्यक बजेटको व्यवस्था गरेका छौं,’ उनले भने, ‘सडक दुर्घटना न्यूनिकरणका लागि पनि बजेट विनियोजन गरेका छौं ।’

मन्त्री ज्वालाले जेठ १० गते रुकुम पश्चिममा भएको घटनामा परी ज्यान गुमाएका जाजरकोटका ६ जना मृतकका परिवारलाई एक लाखका दरले राहत दिने निर्णय सरकारले गरेको बताए ।

‘उहाँहरुको परिवारलाई राहत दिन हामीले मन्त्रिपरिषदको बैठकमा सो निर्णय गरेका छौं,’ उनले भने, ‘त्यसले परिवारको पीडामा मल्हमपट्टी गर्ने हाम्रो अपेक्षा छ ।’

salt training

कमेन्ट गर्नुहोस्