३१ जेठ २०८३, आइतबार

श्रीलंका र माल्दिभ्सबाट ल्याइएका मध्ये ८९ जना होटल, ६० जना अन्य क्वारेन्टाइन र ६ जना घरमा

श्रीलंका र माल्दिभ्सबाट ल्याइएका मध्ये ८९ जना होटल, ६० जना अन्य क्वारेन्टाइन र ६ जना घरमा

सरकारले श्रीलंका र माल्दिभ्सबाट उद्धार गरी १ सय ५४ जनालाई नेपाल ल्याएको छ ।

हिमालय एयरलाइन्समार्फत श्रीलंकाबाट ५ र माल्दिभ्सबाट १४९ गरी १ सय ५४ जनालाई नेपाल ल्याइएको कोभिड- १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले जनाएको छ ।

नेपाल ल्याइएका मध्ये ८९ जनालाई होटल क्वारेन्टाइन, ६० जनालाई उपत्यकाका विभिन्न स्थानमा स्थापना गरिएका क्वारेन्टाइन र अन्य ५ जनालाई होम क्वारेन्टाइनमा पठाइएको सीसीएमसीले जनाएको छ ।

माल्दिभ्सबाट एक नेपालीको शव पनि उक्त उडानमार्फत नेपाल ल्याइएको सीसीएमसीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

हेर्नुहोस्, विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्