१२ असार २०८३, शुक्रबार

भिडन्तका लागि जिम्मेवार सैनिकमाथि कडा कारवाही गर्न भारतलाई चिनियाँ परराष्ट्रमन्त्रीको आग्रह

असार ३, २०७७
भिडन्तका लागि जिम्मेवार सैनिकमाथि कडा कारवाही गर्न भारतलाई चिनियाँ परराष्ट्रमन्त्रीको आग्रह

लद्दाखको गलवानमा सोमवार राति भएको भिडन्तका लागि जिम्मेवार भारतीय सैनिकहरूलाई कठोर सजाय दिन चीनका परराष्ट्रमन्त्री वाङ यीले भारतलाई आग्रह गरेका छन् । 

सीमामा खटिएर अग्रपंक्तिमा रहेका सैनिकलाई नियन्त्रण गर्न पनि उनले सुझाव दिएका छन् । 

सोमवार राति भएको भिडन्तमा भारतका २० सैनिकको मृत्यु भएको छ भने चिनियाँ पक्षतर्फको हताहतीको विवरण सार्वजनिक गरिएको छैन ।

रोयटर्स समाचार संस्थाले चीनको परराष्ट्र मन्त्रालयलाई उद्धृत गर्दै दिएको खबर अनुसार, चीन र भारतले सीमा विवादलाई इमान्दार तवरले समाधान गर्न र परिस्थितिलाई नचर्काउनका लागि शीघ्र प्रयास गर्न सहमति जनाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्