
थाइल्यान्डका एक बौद्ध भिक्षु अम दीरुएनरामले आफ्नी पूर्वप्रेमिकालाई अर्कै पुरुषसँग देखेपछि रिसको सुरमा खड्ग प्रहार गरेर हत्या गरेका छन् ।
उनले आफ्नो भ्यान चलाएर जाँदै गर्दा बाटोमा पूर्वप्रेमिका लामपाई बुआलोईलाई देखेका थिए ।
बुआलोई नयाँ प्रेमीसँग एउटा गाडीमा बसिरहेको देखेपछि उनले क्रोध थाम्नै सकेनन् ।
त्यसपछि उनले आफ्नो भ्यान बुआलोईको घर अगाडि रोकिराखेको गाडीमा लगेर ठोकेका थिए ।
भिक्षुले लडाइँ गर्न खोजेपछि गाडीबाट नयाँ प्रेमी निस्केर भागेका थिए ।
त्यसपछि भिक्षुले आफ्नो भ्यानभित्र रहेको खड्ग निकालेर पूर्वप्रेमिकालाई हिर्काएर हत्या गरेका थिए । उनी त्यतिखेर गर्भवती थिइन् ।
प्रहरीले भिक्षुलाई घटनास्थलमै पक्राउ गरेको थियो । त्यतिखेर उनी भिक्षुकै परिधानमा थिए ।
अनुसन्धानकर्मीहरूले महिलाको शिर र शरीरमा अनेकौं घाउचोट फेला पारेका छन् ।