
भारतीय फिल्मी अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या घटनामा नयाँ मोड आएको छ । उनको आत्महत्याका लागि धेरै भारतीयहरूले स्थापित अभिनेताहरूलाई दोष दिएका छन् ।
सँगै उनको आत्महत्या मामिलामा अदालतमा मुद्दा दर्ता भएको छ ।
उक्त केसमा करन जोहर, संजयलीला भंसाली, सलमान खान, एकता कपूरसमेतलाई प्रतिवादी बनाइएको छ ।
भारतको विहारको मुजफ्फरपुर अदालतमा मुद्दा दर्ता गरिएको हो । भारतीय समाचार एजेन्सी एएनआईले एक ट्वीट गर्दै आइपीसीको धारा ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मुद्दा दर्ता गरिएको बताएको छ ।
एएनआईसँग कुराकानी गर्दै वकिल सुधीरकुमार ओझाले भने, ‘मैले दर्ता गराएको आरोपपत्रमा शुशान्तसिंह राजपूतलाई करीब ७ वटा फिल्मबाट हटाइएको विषय उल्लेख छ । उनको आसपास रहनेहरूले उनलाई आत्महत्या गर्न बाध्य पारेका थिए ।’
I have filed a case against 8 people including Karan Johar, Sanjay Leela Bhansali, Salman Khan & Ekta Kapoor under Sections 306, 109, 504 & 506 of IPC in connection with actor Sushant Singh Rajput's suicide case in a court in Muzaffarpur, Bihar: Advocate Sudhir Kumar Ojha pic.twitter.com/9jNdqvXVKr
— ANI (@ANI) June 17, 2020