१० असार २०८३, बुधबार

डाक्टरलाई नयाँ आचारसंहिता

कात्तिक २०, २०७४
डाक्टरलाई नयाँ आचारसंहिता
काठमाडौँ, १६ बैशाख- डाक्टरले औषधि कम्पनीलगायत पक्षबाट व्यापारिक हित साध्ने गरी नगद वा अन्य उपहार लिएको प्रमाणित भए उनीहरूको दर्ता अनुमति नै खारेज हुने व्यवस्थासहित आचारसंहिता लागू हुँदै छ । डाक्टरले के लिने, नलिने, पुर्जामा कस्तो औषधि कसरी लेख्नेलगायत पक्ष समेटेर मेडिकल काउन्सिलले तयार पारेको आचारसंहिता– २०७३ बिहीबार स्वास्थ्य मन्त्रालय पुगेको छ ।doctor

स्वास्थ्यमन्त्रीले प्रमाणीकरण गरेपछि आचारसंहिता लागू हुने कानुनी प्रावधान छ । स्वास्थ्यमन्त्री गगन थापाका कानुनी सल्लाहकार एवं आचारसंहिता मस्यौदा समितिका सदस्य राजु कटुवालका अनुसार शुक्रबार वा शनिबारसम्म यो आचारसंहिता लागू हुनेछ ।
नयाँ प्रावधानअनुसार आचारसंहिता उल्लंघन गर्ने डाक्टरको दर्ता खारेजसमेत हुन सक्छ । डाक्टरले औषधिलगायत कम्पनीबाट कुनै पनि बहानामा व्यक्तिगत, पारिवारिक प्रयोजनका लागि आर्थिक वा अन्य उपहार स्वीकार गर्नु आचारसंहिताविपरीत मानिनेछ । तर, बिरामीको हितमा योगदान गर्ने किताबहरू उपहारका रूपमा स्वीकार गर्न भने सक्नेछन् । विभिन्न कम्पनीले आफ्नो व्यापारिक फाइदाका लागि विभिन्न मुलुकमा डाक्टरहरूलाई घुमाउने प्रवृत्तिलाई समेत आचारसंहिताले निरुत्साहित गरेको उल्लेख गर्दै कटुवालले यस्तै क्रियाकलापले औषधिको मूल्यवृद्घि भइरहेको बताए, कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्