आइतवार नेपाल लगायत विश्वका विभिन्न देशबाट खग्रास सूर्यग्रहण देखिएको छ ।
सूर्य र पृथ्वीको बीचमा चन्द्रमा पर्दा सूर्यग्रहण लाग्ने गर्छ । हिन्दू धर्मशास्त्रमा राहु नामक दैत्यले सूर्यलाई निल्दा सूर्यग्रहण लाग्ने मान्यता छ ।
यसपालिको सूर्यग्रहण बिहान १० बजेर ५० मिनेटबाट शुरू भएर अपराह्न २ बजेर ३३ मिनेटसम्म रहनेछ ।
यहाँ संसारका विभिन्न ठाउँमा देखिएका सूर्यग्रहणको तस्वीरहरू प्रस्तुत गरेका छौं ।