०९ असार २०८३, मंगलबार

अमेरिकी विदेशमन्त्री पोम्पियोले चिनियाँ कम्युनिस्ट पार्टीलाई ‘दुष्ट’ भनेपछि कड्क्यो चीन

अमेरिकी विदेशमन्त्री पोम्पियोले चिनियाँ कम्युनिस्ट पार्टीलाई ‘दुष्ट’ भनेपछि कड्क्यो चीन

अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले एक भर्चुअल सम्मेलनमा चीनमाथि हमला गरे । २०२० कोपनहेगन डेमोक्रेसी समिटमा शुक्रवार पोम्पियोले युरोपियन देशहरूले या त बेइजिङ चुन्नुपर्ने या त वाशिंगटन चुन्नुपर्ने बताए ।

उनले भने, ‘यो विकल्प अमेरिकाका लागि होइन, स्वतन्त्रता र आत्याचारका बीच छान्नुपर्छ ।’ उनले चिनियाँ कम्युनिस्ट पार्टीलाई दुष्ट भएको आरोप लगाए ।

चीनको सरकारी समाचारपत्र ग्लोबल टाइम्सले पोम्पियोको वक्तव्यमा आफ्नो विचार राखेको छ । ग्लोबल टाइम्सले लेखेको छ, ‘चीन र युरोपबीच मूल्य र राजनीति प्रणालीमा मतभेद छ तर के पोम्पियोले चीनलाई लिएर जुन रुप देखाइरहेका छन् उनको आरोप तथ्यसँग मेल खान्छ त ?’

पोम्पियोको भाषणको उद्देश्य युरोपियन देशहरूलाई अमेरिकातर्फ खिच्नु रहेको बताउँदै ग्लोबल टाइम्सले लेखेको छ, ‘युरोपियन देशहरू चीनको तुलनामा अमेरिकासँग नजिक छन्, तर अब प्रश्न यो छ कि युरोपियन देशहरूले आफ्नो हितलाई छोड्नै पर्ने हो त ?’

ग्लोबल टाइम्सले अमेरिकाले जबरजस्ती चीनलाई बाँकी देशबाट अलग गर्न खोज्नु घातक नियत रहेकोसमेत बताएको छ ।

salt training

कमेन्ट गर्नुहोस्