३२ असार २०८३, बिहीबार

बेलायतका वरिष्ठ वैज्ञानिकले भने- क्वारेन्टाइन मापदण्ड ‘बेकार’

असार ७, २०७७
बेलायतका वरिष्ठ वैज्ञानिकले भने- क्वारेन्टाइन मापदण्ड ‘बेकार’

बेलायतका एक जना वरिष्ठ वैज्ञानिक प्राध्यापक पीटर पाएटले मुलुकमा क्वारेन्टाइनका लागि अपनाइएको मापदण्ड ‘बिलकुल बेकार’ बताएका छन्।

लन्डन स्कूल अफ हाइजीन एण्ड ट्रपिकल मेडिसिनका प्राध्यापक रहेका उनले बाहिरबाट आउने व्यक्तिलाई  १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने गरिएको मापदण्डलाई बेलायतले तुरुन्त छाड्नुपर्ने बताएका हुन्।

इबोला र एचआईभीमा खोजका लागि विश्वमा नै चर्चित बनेका यी वैज्ञानिकले क्वारेन्टाइन मापदण्ड कोरोना महामारीको शुरुआतमा  उपयुक्त भएपनि अब परिवर्तन गरिनुपर्ने बताए।  संक्रमणका घटना बढिरहेकाले अब मापदण्ड परिवर्तन गरिनुपर्ने उनको धारणा छ।

उनले भौतिक दूरीको मापदण्ड २ मिटर कायम गर्न उपयुक्त हुने बताए। त्योभन्दा पनि उपयुक्त सार्वजनिक स्थानमा मास्क लगाउन अनिवार्य गर्नुपर्ने उनको भनाइ छ।

 

salt training

कमेन्ट गर्नुहोस्