११ असार २०८३, बिहीबार

जापानले विकसित गर्‍यो कोरोना परीक्षणको नयाँ विधि

असार ८, २०७७
जापानले विकसित गर्‍यो कोरोना परीक्षणको नयाँ विधि
AFP

कोरोना भाइरस परीक्षणका लागि नाकबाट स्वाब (खकार) लिइन्छ। यो विधिबाट कुनै क्षति त हुँदैन तर धेरैले झन्झट मान्छन्।

जापानमा शोधकर्ताहरुको एक टीमले सलाइवा टेस्ट अर्थात र्‍यालबाट परीक्षणको एक तरिका विकसित गरेको छ। जसमा २५ मिनेटमै  कोरोना परीक्षणको नतिजा थाहा हुने बीबीसीले उल्लेख गरेको छ।
 
जापानी विश्वविद्यालयसँग काम गरिरहेको एक मेडिकल फर्माका अनुसार यसरी परीक्षण गर्नका लागि काम भइरहेको छ। व्यक्ति घरमै बसेर पनि आफ्नो र्‍याल झिकेर जाँच गर्न सक्नेछन्।

बेलायतमा पनि यो विधिको ट्रायल चलिरहेको छ। यसमा १४ हजार भन्दा बढी स्वास्थ्यकर्मी भाग लिइरहेका छन्।
 

salt training

कमेन्ट गर्नुहोस्