

१ एक सामान्य स्वस्थ पुरुषले एक चम्चा वीर्यमा करीब ३० करोड शुक्राणु उत्पादन गर्छ । तर यतिमध्येको जम्मा एक शुक्राणुले महिलाको डिम्ब सेचन गर्छ र शरीरभित्र एक हप्तासम्म बस्छ ।
२ सेक्स गरेपछि मान्छेले के गर्छन् ? अंगालोमा बेरिने भन्ठान्नु भएको होला । रेट्रेभो डट्कमले गरेको एक मतसर्वेक्षणका अनुसार यौनक्रीडाको तत्कालै पछि ३६ प्रतिशत व्यक्तिले फेसबूक र ट्विटर चलाउँछन् । फोटो चाहिँ पोस्ट नगरे हुन्थ्यो त्यस्ताले ।
३ पुरुषभन्दा महिलाले बढी लामो समय चरम सुख (अर्ग्याजम) अनुभव गर्छन् । महिलाको अर्ग्याजम २० सेकेन्डसम्म रहन्छ, पुरुषभन्दा १४ सेकेन्ड बढी ।
४ अर्ग्याजम स्वास्थ्यका लागि राम्रो कुरा हो । यसले महिलामा मुटुरोग, हृदयाघात, स्तन क्यान्सर र तनावबाट समेत छुटकारा दिलाउँछ । सेक्स गर्नुस्, खुशी रहनुस् ।
५ सेक्स एउटा गतिलो व्यायाम पनि हो । तीस मिनेटसम्म सक्रिय यौनक्रीडा गर्दा लगभग २०० क्यालोरी डढ्छ । अझ, व्यायाम गर्दा अर्ग्याजम सुख पनि पाइन्छ ।