२४ असार २०८३, बुधबार

रामदेवले ल्याए कोरोनाको औषधि कोरोनिल

असार ९, २०७७
रामदेवले ल्याए कोरोनाको औषधि कोरोनिल

भारतीय योगगुरु बाबा रामदेवले मंगलवार कोरोनाविरुद्धको आयुर्वेदिक औषधि बनाएको दाबी गर्दै कोरोनिल ल्याएका छन् । 
 

पतञ्जलि योगपीठका प्रमुख रामदेवले औषधिको क्लिनिकल ट्रायल गरिएको र सफल परिणाम आएको बताए । औषधिलाई मंगलवारदेखि नै बजारमा ल्याइने उनको भनाइ छ । 

औषधि पतञ्जलि रिसर्च इन्स्टिच्युट र नेसनल इन्स्टिच्युट अफ मेडिकल साइन्स जयपुरले मिलेर बनाएका हुन् । 
 

कोरोनिल औषधिको उत्पादन हरिद्वारको दिव्य फार्मेसी र पतञ्जलि आयुर्वेद लिमिटेडले मिलेर गरिरहेका हुन् । 
 

पतञ्जलिका सीईओ आचार्य बालकृष्णका अनुसार, कोभिड–१९ शुरू भएदेखि नै संस्थाका वैज्ञानिकहरूको एक टोली औषधि बनाउन खटिएका थिए । भाइरससँग लड्ने र शरीरमा त्यसलाई विस्तार हुनबाट रोक्ने काम औषधिले गर्ने उनको भनाइ छ । 

कोरोना पोजिटिभ सयौं रोगीमा यसको परीक्षण गरिएको र शतप्रतिशत सकारात्मक परिणाम आएको उनको भनाइ छ । कोरोनिलले कोरोनाका रोगीलाई पाँचदेखि १४ दिनमा निको बनाउने उनको दाबी छ । 

आचार्य बालकृष्णका अनुसार, कोरोनिलमा गिलोय, अश्वगन्धा, तुलसी, श्वसारि रस र अणु तेलको मिश्रण छ । यो औषधि दिनमा दुईपटक बिहान र बेलुका लिन सकिन्छ । 

उनका अनुसार, अश्वगन्धाले कोरोनालाई मानव शरीरको स्वस्थ कोशिकामा प्रवेश गर्न दिँदैन । अपन गिलोयले कोरोना संक्रमण रोक्छ । तुलसीले चाहिँ भाइरसको आरएनएमा आक्रमण गर्छ र त्यसलाई मल्टीप्लाई हुनबाट रोक्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्