
जन्मेपछि मर्नु स्वाभाविकै हो । तर मरेर गएपनि प्रियजनले भुल्न नसकी आफू वरपर नै रहेको अनुभूति गर्न सक्छन् । त्यसैले त होला समाजले मरेर गएका व्यक्तिको सम्झना र सम्मानमा अनेकौं रीतिरिवाज नाउने गर्छ ।
तर इन्डोनेसियाका केही ग्रामीण क्षेत्रहरूमा यसरी पूर्वजलाई स्नेह देखाउने अनौठो परम्परा चलिआएको छ । यहाँका गाउँलेहरू आफ्ना मृत नातेदारलाई हरेक तीन वर्षमा चिहानबाट निकाल्छन् र लाशको सरसफाई गर्छन् । अनि लाशलाई नयाँ कपडा लगाइदिन्छन् । 
यो चित्रमा देख्नुभएको व्यक्तिको नाम हर्मन टान्डी हो र उनले आफ्ना हजुरबुवा हजुरामालाई चिहानबाट निकालेर कपाल कोरिदिँदैछन् । ती दुवैजनाको १० वर्षअघि मृत्यु भएको थियो । हर्मनले आफ्ना पुर्खाको गाढा प्रेमलाई सम्झेर विवाहको शृंगार गरिरहेका हुन् । 
यो संस्कार अनुसार परिवारका सबै सदस्यले आफ्ना दिवंगत नातेदारसँग फोटो पनि खिँचाउने गरेका छन् । हरेक तीन वर्षमा यहाँका चिहानहरूमा उत्सवको वातावरण हुन्छ । हाम्रो देशमा पितृहरूलाई सम्झेर श्राद्ध गरिएझैं इन्डोनेसियाका यी इलाकामा चिहानबाट निकालेर मृत नातेदारको सम्झना गरिएको हो । द सन