११ असार २०८३, बिहीबार

कोरोनाका कारण थप १ को मृत्यु, मृतक दम र क्षयरोगका बिरामी !

कोरोनाका कारण थप १ को मृत्यु, मृतक दम र क्षयरोगका बिरामी !

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण पछिल्लो २४ घण्टामा १ को मृत्यु भएको जनाएको छ ।

मंगलवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोनाका कारण १ जनाको मृत्यु भएको बताएका हुन् ।

यससँगै कोरोनाका कारण मृत्यु हुनेको जम्मा संख्या नेपालमा २४ पुगेको छ ।

डाक्टर गौतमले दिएको जानकारीअनुसार कोरोनाबाट ज्यान गुमाउने पछिल्ला व्यक्ति दैलेखको दुल्लुनिवासी हुन् । उनी ४५ वर्षका थिए ।

उनले प्रादेशिक अस्पताल सुर्खेतको आइसोलेसनमा उपचार गर्दागर्दै सोमवार मृत्युवरण गरेका छन् ।

डाक्टर गौतमले उनी क्षयरोग तथा दमको बिरामीसमेत रहेको बताए ।

उनलाई दुल्लु अस्पताल दैलेखबाट गत असार ३ गते सुर्खेतमा थप उपचारका लागि लागिएको थियो । उनको स्वाब असार ३ गते संकलन भएको र ४ गते कोरोना संक्रमण भएको पत्ता लागेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्