१२ असार २०८३, शुक्रबार

क्वारेन्टीनमा बसेका व्यक्तिले गरे आत्महत्या

असार १०, २०७७
क्वारेन्टीनमा बसेका व्यक्तिले गरे आत्महत्या
प्रतिकात्मक तस्वीर

तनहुँको घिरिङ गाउँपालिकाका एक व्यक्तिले मंगलवार राति आत्महत्या गरेका छन् । 

गाउँपालिका निवासी ४९ वर्षीय व्यक्तिले पंखाको सिलिङमा शुरूवालको पासो लगाई आत्महत्या गरेका हुन् । भारत रोजगारीमा गएका उनी गत असार ४ गते घर आएका थिए ।

शुरूमा उनलाई सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टीनमा राखिएको भए पनि भाग्ने प्रयास गरेका थिए । गाउँपालिकाले त्यसपछि सुरक्षित स्थान चन्द्रज्योति माध्यमिक विद्यालयको क्वारेन्टीनमा राख्दै आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । हाल क्वारेन्टीनमा ४ जना बाँकी छन् । 

‘ती व्यक्तिमा मानसिक समस्या रहेको जानकारी पाएको छु,’ उनले भने, ‘घटनाको जानकारी पाएलगत्तै यहाँबाट एक प्रहरी टोली पठाइएको छ । सुरक्षितरूपमा शव व्यवस्थापन गर्नका लागि स्वास्थ्यकर्मी टोलीसमेत घटनास्थल पुगेका छन् ।’ 

तनहुँमा मंगलवार मात्रै विभिन्न स्थानमा गरी अन्य ३ जनाले आत्महत्या गरेको प्रहरीले जनाएको छ । तनहुँमा आत्महत्या गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । मानसिक तनाव, प्रेममा असफल, गरीबीका कारण समाजमा यस्ता घटना घट्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्