१० असार २०८३, बुधबार

तलब माग्दा कुकुरले टोकाए रोजगारदाताले, उजुरी दर्ता

असार १०, २०७७
तलब माग्दा कुकुरले टोकाए रोजगारदाताले, उजुरी दर्ता

भारतको जोधपुरमा एक कर्मचारीले रेस्टुराँ सञ्चालकसँग तलब माग्दा कुकुरको टोकाइ सहनुपरेको छ । 

तलब माग्दा रिसाएका सञ्चालकले घरपालुवा कुकुर कर्मचारीमाथि छोडेका थिए । कर्मचारी घाइते भए । 
 

रेस्टुराँ मालिकमाथि प्रहरी चौकीमा उजुरी दर्ता गरिएको छ । 

पीडित कर्मचारीले बताएअनुसार, एक महिनाको तलब माग्दा मालिकले कुकुर छोडे । आफूलाई तलब दिलाउन र रेस्टुराँ सञ्चालकविरुद्ध कारवाही गराउन उनले गुहार लगाएका छन् । 

पीडित कर्मचारीको नाम कल्याण सिंह हो । उनले प्रहरी कार्यालयमा गएर उजुरी दर्ता गराएका हुन् । 

प्रहरीले घटनाको अनुसन्धान आरम्भ गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्