१० असार २०८३, बुधबार

विद्यालय पुग्नेवित्तिकै बेहोस हुन्छन् छात्राहरु, कारण पत्ता नलागेर चिकित्सकदेखि झाँक्रीसम्म हैरान

कात्तिक २०, २०७४
विद्यालय पुग्नेवित्तिकै बेहोस हुन्छन् छात्राहरु, कारण पत्ता नलागेर चिकित्सकदेखि झाँक्रीसम्म हैरान

जुम्ला, १६ वैशाख– तातोपानी गाउँपालिका–२ स्थित हिमशिखर माविमा अध्ययनरत छात्रामा एक महिनादेखि मास ‘हिस्टेरिया’ रोगको समस्या बढ्दै गएको छ ।

चैत १३ गतेदेखि ८, ९ र १० कक्षाका छात्रामा यो समस्या देखिएको हो । यो समस्या भएको दुई÷तीन दिनभित्र स्थानीय स्वास्थ्यकर्मीले उपचार गरे तर कुनै पत्तो नलागेको निमित्त प्रधानाध्यापक राजु केसीले जानकारी दिए ।

‘त्यसको लगत्तै जिल्ला स्वास्थ्य कार्यालय जुम्लाको समन्वयमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टर सुवेश चौधरी नेतृत्वको टोली औषधि सामग्री लिएर त्यहाँ पुग्यो र उपचार सेवा सुरु ग¥यो तर उपचार सेवा अवधिमा अभिभावकको चासो रहेन,’ प्रधानाध्यापक केसीले भने ।

चैत १३ गते लाइनमा प्रार्थना गर्ने समयमा कक्षा– ८ मा अध्ययनरत हिरा डाँगीबाट चिच्याउने, कराउने, रुने काम्ने, तर्सने, बेहोस हुने रोग अहिले ६० जना भन्दा बढीमा देखिएको उनले बताए । ‘यो रोग देखिएबाट छात्राहरुको हात खुट्टा दुख्ने, गल्ने, झमझमाउने, लाटोपन देखिने, पेट दुख्ने र त्यसपछि ढल्ने क्रियाकलाप देखिन्छ,’उनले भने ।

उनका अनुसार छात्राहरुको रोगको निदानका लागि अभिभावकले स्थानीय विधि धामीझाँक्री गरिरहेका छन् । तर रोग दोहिरिरहेको छ ।

प्रधानाध्यापक केसीका अनुसार लामो समयसम्म लम्बिएको यो रोगका कारण विद्यालय पठनपाठनको वातावरण प्रतिकुल बन्दै गएको छ ।

salt training

कमेन्ट गर्नुहोस्