काठमाडौं, ८ पुस– तत्कालिन राजा वीरेन्द्रको वंश नास हुने गरी भएको दरबार हत्याकाण्डबारे मन्त्रिपरिषद् बैठकमा छलफल भएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान राजनीतिक प्रक्रियाप्रति कटाक्ष गर्दै विज्ञप्ति जारी गरेको भोलिपल्ट बसेको बैठकले पूरानो फाइल पल्टाउन सक्ने संकेत गरेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
१४ वर्षसम्म हत्याकाण्ड रहस्यमै रहेको भन्दै बैठकमा मन्त्रीहरुले फेरि छानबिन गर्नुपर्ने बताएका छन् ।
पूर्वराजा ज्ञानेन्द्रले सीमाबाहिर गएर वक्तब्यबाजी गरेको र यसमा षड्यन्त्र लुकेको सरकारको आशंका छन् ।