
सेफ्टीले विद्यालयमा अध्ययनरत छात्राहरूको लागि नयाँ स्यानिटरी प्याड ‘स्कूल गर्ल’बजारमा ल्याएको छ ।
यो स्यानिटरी प्याड स्कूल गर्लका विशेषताहरु भनेको प्याडको लम्बाई २४० मिमि, मोटाई १३ मिमि र चौडाई ६५ मिमि हुनुका साथै पर्याप्त शोस्ने क्षमताभएको र प्रयोग गरेपछि नष्ट गर्न मिल्ने तथा नेपालकै उत्पादन हुनु हो ।
यो प्याड सरकारको निर्देशन अनुसारका गुणस्तरहरुमा आधारित रहेर उच्च मापदण्डको बनाइएको कम्पनीको दावी छ ।