०५ साउन २०८३, मंगलबार

दाङमा अस्पतालनजिकै मृत भेटिएकी महिलामा कोरोना संक्रमण पुष्टि, पहिचान खुल्न बाँकी

दाङमा अस्पतालनजिकै मृत भेटिएकी महिलामा कोरोना संक्रमण पुष्टि, पहिचान खुल्न बाँकी

नेपालमा कोरोनाभाइरस (कोभिड १९) संक्रमण भएका मृतकको संख्या २७ पुगेको छ ।

पछिल्लोपटक एक जनाको मृत्यु भएको जानकारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी दिएको छ ।

अन्दाजी २५/३० वर्षीय महिला राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ नजिकै अचेत अवस्थामा भेला परेको र अस्पतालमा लैजाँदा मृत रहेको पुष्टि भएको थियो ।

मृतकको स्वाब संकलन गरी जाँच गर्दा असार १२ गते नतिजा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

उनको अहिलेसम्म पहिचान नखुलेको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोनाभाइरस (कोभिड- १९) संक्रमितको संख्या भने ११ हजार ७५५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ५ सय ९३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

कुल संक्रमितमध्ये २ हजार ६ सय ९८ जना निको भएर घर फर्किएको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा ४८ जना अस्पतालबाट डिस्चार्ज भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्