
हिन्दुस्तान यूनिलिवर कम्पनीले आफ्नाे ब्यूटी क्रीम 'फेयर एन्ड लवली' काे नाम परिवर्त गर्ने घाेषणा गरिसकेकाे छ।
यस क्रीमकाे नामबाट फेयर शब्द हटाइन लागिएकाे हाे।
विश्वभर अश्वेतप्रति भेदभाव राेक्न चर्काे आवाज उठिरहेका बेला गोराे रंगलाई बढावा दिने याे क्रीमलाई लिएर पनि प्रश्न उठेकाे थियाे।
अन्तत: कम्पनीले नाम नै फेर्ने निर्णय गरेकाे हाे।
बलिउडमा एकसेएक कलाकार छन्। तीमध्ये कति कलाकार डस्की ब्यूटीज छन्। यी कलाकारले भनेका छन्-र‌ंग सबथाेकहाेइन
बिपाशा बसु
बिपाशाबसु एक समयमा हिन्दी फिल्म उद्याेगमा उनी निकै चर्चित थिइन्।
उनका फिल्म र गीत आज पनि चर्चामा रहन्छन्। उनले साबित गरेकी छन्- रंग सबथाेक हाेइन।
प्रियंका चोपडा
प्रियंका चोपडाले बलिउडमा राज गरेकी छन्। उनी बलिउडमा मात्र सीमित छैनन् हलिउडमा पनि उत्तिकै सक्रिय छिन्। उनी यूएनकाे गुडविल एम्बेसडर पनि हुन्।
दीपिका पादुकोण
![]()
दीपिका पादुकोण हिन्दी फिल्मकी चर्चित नायिका हुन्। उनकाे चर्चा पनि हलिउडसम्म छ। दीपिकाले मेन्टल इलनेसबारेमा जागरुकता फैलाउन महत्वपूर्ण याेगदान गरेकी छन्।
कोन्कणा सेन
कोन्कणा पनि बलिउड नायिका हुन्। उनले कयाैँ राम्रा फिल्ममा अभिनय गरेकी छन्।
मलाइका अरोडा
मलाइका पनि बेलाबेला चर्चामा आउँछिन्। उनी बलिउडकी फिटनेश नायिका पनि हुन्।
शिल्पा शेट्टी
शिल्पाकाे परिचय नायिका मात्र हाेइन। उनी फिटनेस गुरु पनि हुन्। शिल्पाकाे लुक्स र फिटनेसलाई लिएर चर्चा हुन्छ।
चित्रांगदा सिंह

चित्रांगदा पनि बलिउड नायिका हुन्। उनका फिल्म र अभिनय निकै मन पराइन्छ।
लारा दत्ता

लारा बलिउड नायिका हुन्। उनकाे लुक्सकाे खुब चर्चा हुन्छ।