०१ असार २०८३, सोमबार

प्रेम सम्बन्ध खुलेपछि गाउँनिकाला

कात्तिक २०, २०७४
प्रेम सम्बन्ध खुलेपछि गाउँनिकाला
गुल्मी, ८ पुस - दलित र गैरदलित त्यसमाथि उमेर पनि निकै फरकबीच प्रेम सम्बन्ध रहेको भन्दै अर्बेनीका स्थानीयवासीले दुवैलाई गाउँ निकाला गरेका छन् । अर्बेनी–५ का ७५ वर्षीय लालबहादुर सुनार र छिमेकी ४३ वर्षीया सावित्रा न्यौपानेबीच सम्बन्ध रहेको भन्दै गाउँलेले गाविस कार्यालयमै छलफल गराएर हस्ताक्षरसमेत गराई गाउँ छाड्न लगाएको कान्तिपुर दैनिकमा खबर छ । न्यौपानेका आफन्तको दबाबमा सुनारको घरसमेत भत्काइएको छ ।pidit

सरदमुकाम तम्घासबाट झन्डै ६० किमि टाढा पूर्वमा रहेको अर्बेनी गाविसमा साताअघि यो घटना भए पनि डरले दुवै जना जंगलमा गएर बसेकाले यसको खुलासा हुन सकेको थिएन । स्थानीय दलित अधिकारकर्मीले बेपत्ता भएको भन्दै खोज्दा जंगलको ओडारमा फेला परेपछि घटना खुलेको हो ।

पुस १ को बिहान ५ बजे लालबहादुरको घरमा सावित्रालाई फेला पारेपछि सावित्राका भतिज चिन्तामणि न्यौपानेको नेतृत्वमा भेला भएका स्थानीयले दुवैलाई गाउँ घुमाएर गाविसमा कागज गराई गाउँबाटै धपाएका थिए । गाविसमा भएको छलफलमा स्थानीय कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूसहित आमा समूह र महिला प्रतिनिधि समेतको उपस्थिति थियो । ‘एक्कासि मान्छे जम्मा भए र उनीहरूले नै लेखेको कागजमा औंठाछाप लगाउन लगाए,’ लालबहादुरका छोरा ३७ वर्षे अनुरामले भने, ‘त्यतिले पनि नपुगेपछि घर नै भत्काउन लगाए ।’ बाबु र ती महिलालाई गाउँबाट धपाएपछि फर्केर आएका स्थानीयले घर भत्काउन दबाब दिएका थिए । ‘नभत्काए आगो लगाइदिन्छौं भनेपछि आफैं भत्काएँ,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्