१० असार २०८३, बुधबार

एमाले सिन्धुपाल्चोकमा लफडा, आफ्नै कार्यकर्ताले लगाए पार्टी कार्यालयमा ताला

कात्तिक २०, २०७४
एमाले सिन्धुपाल्चोकमा लफडा, आफ्नै कार्यकर्ताले लगाए पार्टी कार्यालयमा ताला


मेलम्ची, १६ वैशाख नेकपा एमाले सिन्धुपाल्चोकमा प्रमुखको विषयलाई लिएर एमाले कार्यकर्ताले आज आफ्नै पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
uml-flag
एमाले स्थायी कमिटीले आज मेलम्ची नगरपालिकाकोे प्रमुखमा डम्बर अर्याललाई उम्मेदवार बनाउने निर्णयसँगै एमाले कार्यकर्ताभित्रका असन्तुष्ट पक्षले क्षेत्रीय कार्यालय मेलम्चीमा तालाबन्दी गरेका हुन् ।

मेलम्ची नगरपालिका प्रमुख पदका लागि जिल्लाबाट धर्मकृष्ण श्रेष्ठ, डम्बर अर्याल, मित्रलाल चौलागार्इं, बालकृष्ण देउजालाई केन्द्रमा सिफारिस गरिएको थियो । तर एमाले स्थायी कमिटीले अर्याललाई उठाउने निर्णय गरेसँगै तालाबन्दी गरेको एमालेका एक नेताले जानकारी दिए ।
प्रमुखका लागि सबैको माग धर्मकृष्ण श्रेष्ठ भएको र पार्टीले जनभावना विपरीत निर्णय गरेको भन्दै एमाले कार्यकर्ताले आपत्ति जनाएका छन् ।

हरेक क्षेत्रमा पार्टीले एउटै व्यक्तिलाई मात्र सिफारिस गर्ने गरेको भन्दै करिब २०० जना कार्यकर्ताले क्षेत्रीय पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्