०२ साउन २०८३, शनिबार

महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक

महाधिवेशन कार्यतालिकाबारे छलफल गर्न कांग्रेस केन्द्रीय समिति बैठक

विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा तथा पार्टीको महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक मंगलवार बस्दैछ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा जिल्ला अधिवेशनको मिति, क्रियाशील सदस्यता वितरण लगायत विषयमा छलफल हुने केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । 

कांग्रेसको १४ औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म गर्ने कार्यतालिका बनेको थियो । कोरोना संकटका कारण जिल्ला अधिवेशन लगायत महाधिवेशनका अन्य कार्यक्रम प्रभावित हुनसक्ने भएपछि कांग्रेस छलफलमा जुट्न लागेको हो । 

बैठकमा कोरोना रोकथाममा सरकारले गरेका काम, स्वास्थ्य सामाग्री खरिदमा भएको अनियमितता लगायतलाई लिएर सदन र सडकमा सशक्त दवाव दिने कार्यक्रमबारे समेत छलफल हुने केन्द्रीय सदस्य यादवले जानकारी दिए ।

केन्द्रीय समिति बैठक मंगलवार दिउसो १ बजेका लागि बोलाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्