२५ जेठ २०८३, सोमबार

चीनमा भेटियो अर्को महामारी ल्याउन सक्ने फ्लु

असार १६, २०७७
चीनमा भेटियो अर्को महामारी ल्याउन सक्ने फ्लु

वैज्ञानिकहरूले चीनमा अर्को महामारी ल्याउन सक्ने सम्भावना बोकेको फ्लुको नयाँ स्ट्रेन पत्ता लगाएका छन् ।

यो फ्लु हालै मात्र देखिएको हो र सुँगुरमा भेटिएको हो । यसले मानिसलाई संक्रमित गर्न सक्ने वैज्ञानिकहरूको भनाइ छ ।  
 

फ्लुको स्ट्रेनले थप रूप परिवर्तन गरेर मानिसमा सर्दै गई महाव्याधि बन्न सक्ने भनी अनुसन्धाताहरूले चिन्ता व्यक्त गरेका छन् । 

तत्कालका लागि यो समस्या नभए पनि यसले मानवलाई संक्रमण गर्न सक्ने गरी अनुकूलन हुने सबै लक्षण देखाएको र यसलाई निकै कडा निगरानी गर्नुपर्ने उनीहरूको भनाइ छ । 

यो बिल्कुलै नयाँ स्ट्रेन भएकाले मानिसमा यसप्रति इम्युनिटी छैन । 

अनुसन्धाता वैज्ञानिकहरूले प्रोसीडिङ्स अफ द नेसनल एकेडमी अप सायन्सेजमा एक लेख लेखेर सुँगुरमा भाइरस नियन्त्रण गर्ने उपाय अपनाउने तथा सुँगुर व्यवसायीहरूमाथि कडा निगरानी राख्ने काम तत्कालै अवलम्बन गर्नुपर्ने सिफारिश गरेका छन् । 

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्