१५ असार २०८३, सोमबार

नेकपा नेताको गलाबाट हट्यो ‘कोरोना जन्तर’

नेकपा नेताको गलाबाट हट्यो ‘कोरोना जन्तर’

चौतर्फी विबाद र आलोचना भएपछि नेकपाका नेताहरुले भाइरस ब्लकर कार्ड लगाउन छाडेका छन् ।

कोरोनाको भाइरसबाट जोगिन लाभदायी हुने भन्दै असार १० गते नेकपा स्थायी कमिटीको बैठकमा यो कार्ड वितरण गरिएको थियो । 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताले स्थायी कमिटी बैठक चलिरहेको समयमा गलामा यो कार्ड भिरेर बसेका थिए । नेकपा नेताहरुले लगाएको यो कार्डलाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना र विरोध भएको थियो । 

चिकित्सा विज्ञानले प्रमाणित नगरेको विषयमा नेताहरुले नै अन्धविश्वास फैलाउने कार्ड सर्वसाधारण जनतालाई झुक्याएको आरोप लागेपछि नेताहरुले यो कार्ड फालेका हुन् । 

मंगलवारको बैठकमा अधिकांश नेताले त्यो कार्ड फालेका हुन् ।

बैठकमा सहभागी एक स्थायी कमिटी सदस्यले आजको बैठकमा नेताहरुले कार्ड नलगाएको जानकारी दिए ।

स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले गलामा भिरेको कार्डलाई ‘कोरोना जन्तर’ भनेर नामाकरण गरेका थिए ।  

salt training

कमेन्ट गर्नुहोस्