२६ जेठ २०८३, मंगलबार

चीनमा एक विद्यार्थीले अर्का विद्यार्थीलाई चार तल्लामाथिबाट धकेले (भिडियो)

असार १६, २०७७
चीनमा एक विद्यार्थीले अर्का विद्यार्थीलाई चार तल्लामाथिबाट धकेले (भिडियो)

चीनको एक माध्यमिक विद्यालयमा एक विद्यार्थीले आफूभन्दा साना विद्यार्थीसँग झगडा गरेपछि चार तल्लामाथिको बाल्कोनीबाट धकेलेका छन् । उनलाई ज्यान मार्ने उद्योगको मुद्दामा पुर्पक्ष गरिएको छ ।

घटना हुँदा ती आरोपित १५ वर्ष उमेरका थिए । उनलाई १० वर्षसम्मको कारावास सजाय हुन सक्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । 

पीडित चार तल्लामाथिबाट भुइँमा लड्दा गम्भीर चोटपटक लागेको छ । उनी जिन्दगीभरि अपांग हुन सक्ने उनका पिताले बताए । घटना गत सेप्टेम्बर महिनामा भएको हो । 
 

हुआङ नामक पीडक र वेई नामक पीडित चीनको क्वाङ्सी प्रान्तको आन्याङ माध्यमिक विद्यालयमा अध्ययन गर्छन् ।

नौ कक्षामा पढ्ने हुआङले वेईलाई घाँटी र तिघ्रामा समातेर धकेलिदिएका थिए । 

उनले रेलिङमा उचालेर वेईलाई धकेलिदिँदा अन्य विद्यार्थीहरू स्तब्ध बनेका थिए । 

वेई चार तल्लामाथिबाट रनिङ ट्य्राकमा खसेका थिए । उनलाई तत्कालै अस्पताल लगेर आकस्मिक उपचार गराइएको थियो । पछि उनलाई क्वाङ्सीको पिपुल्स हस्पिटल सारिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्