
नेकपा स्थायी कमिटी बैठकमा राजीनामा मागिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार बिहान बालुवाटारमा मन्त्रीहरूसँग छलफल गरेका छन् ।
ओलीसँगको छलफलपछि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले पार्टी सकारात्मक दिशामा अगाडि बढ्ने आशा व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले स्थायी कमिटी सदस्यसँग छलफल गरेकोबारे सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मन्त्री भट्टराईले विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको विकास गर्न प्रमलाई सुझाव दिइएको बताए ।
मंगलवारको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम लगायत नेताहरूले ओलीको राजीनामा मागेका थिए ।
यस्तो छ मन्त्री भट्टराईको फेसबूक स्टेटस –
पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्स गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान...
Posted by Yogesh Bhattarai on Tuesday, June 30, 2020