
चीनले नक्कली सामान निकालेर संसारलाई बेच्ने गरेको कुरा सबैलाई थाहा छ ।
चीनमा ८३ टन नक्कली भेटिएको छ । वुहानमा केन्द्रीय कार्यालय रहेको चीनको ठूलो गहना कम्पनीले यो घोटाला गरेको हो ।
जिरो हेज नामक वेबसाइटमा छापिएको समाचारअनुसार, किंगोल्ड ज्वेलरी कम्पनी वुहानमा छ । यस कम्पनीले चीनका १४ वटा फाइनान्सियल कम्पनीहरूसँग विगत पाँच वर्षमा २.८ अर्ब डलर ऋण लिएको थियो । यो ऋण लिनका लागि ८३ टन नक्कली सुन (गोल्डबार) उसले जमानतका रूपमा राखेको पाइयो ।
चीनको निकट इतिहासमा सुनको सबभन्दा ठूलो घोटाला यसलाई मानिएको छ ।
किंगोल्ड ज्वेलरी कम्पनी नासड्याक स्टक एक्सचेन्जमा सूचीकृत कम्पनी हो । यो कम्पनीले सुनको व्यापार गर्छ र यसको मार्केट क्याप ८० लाख डलर छ । कम्पनीका मालिक पूर्व सैन्य अधिकारी जिया झिहोङ हुन् ।
किंगोल्डले १६ अर्ब युआनका ऋणका लागि जमानतका रूपमा ८३ टन सुन रिजर्भमा राखेको थियो । पछि अनुसन्धानमा त्यो तामा रहेछ भन्ने पत्ता लाग्यो ।
चीन सरकारले यो पैसा असुल्नका लागि प्रक्रिया अघि बढाइसकेको छ ।
किंगोल्डले डोङगुआन ट्रस्ट कोअपरेटिभ लिमिटेडको ऋण नतिरेपछि त्यसले जमानतका रूपमा राखिएको सुन झिकायो । त्यसको अनुसन्धान गर्दा त्यो तामा रहेछ भन्ने पत्ता लाग्यो । त्यसपछि किंगोल्डलाई ऋण दिने कम्पनीहरूमा हंगामा भयो ।
किंगोल्डलाई सबभन्दा बढी ऋण दिने चाइना मिनशेङ ट्रस्टले सुन जचाउँदा ती त तामा रहेछन् भन्ने पत्ता लाग्यो ।