०९ असार २०८३, मंगलबार

यी हुन् नयाँ ‘टोले दादा’, सेलाए पुराना डन

कात्तिक २०, २०७४
यी हुन् नयाँ ‘टोले दादा’, सेलाए पुराना डन
काठमाडौं, ८ पुस- कुनैबेला काठमाडौँको ठमेल र दरबारमार्गमा ‘ग्याङ फाइट’ मार्फत डनका रूपमा उदाएका दीपक मनाङे र चक्रे मिलन गुमनाम छन् । पछिल्लो समय तिनै डनको सिको गर्दै काठमाडौंका विभिन्न चोक र टोलमा किशोर अवस्थाका युवाहरू ‘टोले दादा’ का रूपमा ‘ग्याङ फाइट’ मा उत्रिन थालेका छन्, आजको राजधानी दैनिकले खबर छलेको छ ।crime

बुधबार राति काठमाडौं पशुपति वनकाली क्षेत्रमा युवा समूहबीच चक्कु हानाहानबाट एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन् । झडपमा १९ वर्षीय सोनाम तामाङको मृत्यु भएको छ । १८ वर्षीय विजय गुरुङ घाइते भएका छन् । घटनामा घाइते भएका सोनामको उपचारका क्रममा सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) मा मृत्यु भएको प्रहरीले जनाएको छ । सुनसरी धरानका स्थायी बासिन्दा सोनाम बालाजुमा बस्दै आएका थिए । घाइते विजयको टाउको र कोखमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका छन् ।

प्रहरीका अनुसार सोनाम र विजयको समूहले यसअघि अर्काे समूहलाई कुटेको थियो । सो समूहले बदला लिन उनीहरूमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । काठमाडौं महानगरपालिका–९, गौशालास्थित पशुपति एरियामा बस्ने ३५ वर्षीय डीके भन्ने व्यक्तिको समूहले उनीहरूको समूहलाई आक्रमण गरेको हो ।

यसअघि राजधानीको क्षेत्रपाटीमा भएको ग्याङ फाइटमा एकजनाको मृत्यु भएको थियो । युवतीको विषयलाई लिएर भएको ग्याङ फाइटमा १८ वर्षीय सुशान्त श्रेष्ठको मृत्यु भएको थियो । फाइटमा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरेको थियो । सो समूहबाट पक्राउ पर्नेमा साहस थापा, सौरभ श्रेष्ठ, सोहिल खान, सागर नगरकोटी, क्रिस्टल भण्डारी, सौरभ लामिछाने, सुमन तामाङ, रोशन मगर, रोहित बोहोरा, किस्मत हमाल र शरद अर्याल थिए भने अन्य आठजना फरार छन् ।

त्यस्तै, गत साउनमा मदिरा सेवन गरी ग्याङ फाइट गर्ने सात युवती पक्राउ परेका थिए । बालकुमारीस्थित गुडविल डान्सबारमा मदिरा सेवन गरी छुट्टाछुट्टै समूह बनाई ग्याङ फाइट गर्ने युवतीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । त्यतिखेर श्रीया तामाङ, सन्जु गुरुङ, अनु गुरुङ, सुशीला तामाङको समूह र सोफिया तामाङ, रेश्मा थोकर, लक्ष्मी क्षत्रीको समूहबीच ग्याङ फाइट परेको थियो । उनीहरूले सँगै बसेर मदिरा सेवन गरेका थिए । मदिरा लाग्न थालेपछि अपशब्द बोल्दै उनीहरूले केटाको कुरा निकालेका थिए । केटाको कुरा निस्कनासाथ उनीहरूबीच ग्याङ फाइट सुरु भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्