
राष्ट्रपति विद्या भण्डारीसँग भेटवार्ता गरेर नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री निवास बालुवाटार फर्केका छन् ।
नेकपा सचिवालय बैठक छाडेर प्रचण्ड राष्ट्रपतिसँग भेटवार्ताका लागि शीतल निवास पुगेका थिए ।
शीतल निवासमा झण्डै ४५ मिनेट बसेर प्रचण्ड बालुवाटारमा फर्केका हुन् ।
बिहान ११ बजेका लागि बोलाइएको नेकपा स्थायी कमिटीको बैठक औपचारिक ढंगले शुरू हुन सकेको छैन ।
बालुवाटारमा द्विपक्षीय र बहुपक्षीय बैठक चलिरहेका छन् ।